+
+
Shares

ठूला टीम असफल, भारतविरुद्ध आयरल्याण्डका ओपरनको कमाल

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २६ गते ११:३८

William-Porterfield-and-Paul-Stirling

विश्वकपमा भारतको लगातार चार जितमा बलरहरुको महत्वपूर्ण भूमिका रहृयो ।

भारतीय बलहरुले पाकिस्तान, दक्षिण अफ्रिका र वेष्टइण्डिज जस्तौ टीमको ओपनर जोडीलाई ५० रनको साझेदारी पनि गर्न दिएनन् । तर, मंगलबार हृयामिल्टनमा आयरल्याण्डका ओपनिङ जोडीले यस्तो रेकर्ड बनाए, जुन यसअघि ठूला टीमले गर्न सकेका थिएनन् ।

आयरल्याण्डका कप्तान विलियम पोर्टरफिल्ड र पल स्टर्लिङले पहिलो विकेटका लागि जारी विश्वकपमा कुनै टीमको भन्दा ठूलो साझेदारी गरे ।

पोर्टरफिल्ड र स्टर्लिङले १५ ओभरमा करिब ६ को औसतमा ८९ रनको साझेदारी गरे । विश्वकपका सफल बलर मोहम्मद सामी र उमेश यादवविरुद्ध उनीहरुले खुलेर ब्याटिङ गरे र शानदार स्टोक्स खेले  ।

यसअघि पाकिस्तानले पहिलो विकेटका लागि ११ रनको साझेदारी गरेको थियो । दक्षिण अफ्रिकाले १२, यूएईले ७ र वेष्टइण्डिजले पहिलो विकेटका लागि मात्र ८ रनको साझेदारी गरेको थियो ।

भारतलाई ठूलो लक्ष्य

सुरुवात राम्रो रहे पनि आयरल्याण्डको मध्यक्रमका ब्याट्सम्यान चल्न सकेन । अन्तिम ओभरअघि सबै विकेट गुमाएर २५९ रन बनायो तर, यो जारी विश्वकपमा भारतले पाएको ठूलो लक्ष्य हो ।

यसअघि भारतविरुद्धको खेलमा पाकिस्तानले २२४, दक्षिण अफ्रिकाले १७७, यूएईले १०२ र वेष्टइण्डिजले १८१ रन मात्र बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?