Comments Add Comment

बालुवाटारमा प्रधानमन्त्री र गच्छदारवीच गोप्य वार्ता

२६ फागुन काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारबीच एक घण्टा गोप्य कुराकानी भएको छ ।

Sushil-Koirala-and-Bijaja-Kकोइराला र गच्छदारबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान कुनै सहयोगी नराखी वार्ता भएको थियो । कोइराला र गच्छदारबीच भएको एक घण्टा लामो गोप्य भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भेटपछि नेता गच्छदारले प्रधानमन्त्रीसँगको वार्ता निकै सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । वार्ताबाटै सहमति कायम गर्ने प्रधानमन्त्री कोइरालाको प्रयास सार्थक हुने उनले बताए ।

प्रधानमन्त्री कोइरालाले सोमबार विज्ञप्ति निकालेर एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चामा आवद्ध सबै दललाई वार्ताबाटै सहमति बनाउन सकिन्छ भन्ने कुरामा भरोसा गर्न आग्रह गरेका थिए ।

गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिक एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको एक घटक हो । गच्छदारले आन्दोलनभन्दा वार्ता सहमतिमा जोड दिँदै आएका छन् । ३० दलीय मोर्चाको बैठक मंगलबार दुई बजेपछि बस्दैछ । बैठकमा दोस्रो चरणको आन्दोलका कार्यक्रम घोषणा गर्नेबारे छलफल हुने बताइएको छ ।

सत्तापक्षीय दलले एमाओवादी मोर्चालाई फुटाउन खोजेको र गच्छदारलाई फकाउन सक्रिय रहेको मोर्चामा आबद्ध दलका नेताहरुले आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment