Comments Add Comment

प्रियंका भन्छिन-मसँग डेटिङ महंगो हुन्छ

priyanka
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफु निकै महंगी र खर्चिली भएको बताएकी छिन् । एउटा म्यागेजिनलाई अन्तर्वाता दिने क्रममा उनले भनिन ‘मसँग डेटिङ जानेले धेरै खर्च गर्नुपर्छ किनकी म खर्चिली छु ।’

अहिलेसम्म कसैसँग पनि रिलेसनमा नभएको दाबी गर्ने प्रियंकाले सम्बन्ध गाँसीसकेपछि भने इमान्दारी पूर्वक जीवन बिताउने बताईन् । ‘मैले कसैसँग सम्बन्ध बढाउने कुरा गरें भने टुटाउने वारेमा म कहिल्यै सोच्दिन ।’

यसैविच रियालीटी सो ‘नाच बलिए’ को सातौं संस्करणको निर्णायकमा पि्रयंका हुने भएकी छिन् । यस अघि निर्णायकको रुपमा शिल्पा शेट्टी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment