Comments Add Comment

गुगलमा समेटियो सगरमाथा क्षेत्र, अब अनलाइन टुर गर्न सकिने

appa-sherpaकाठमाण्डौ । लोकप्रिय सर्च इन्जिन गुगलले आफ्नो ‘स्ट्रीट भ्यू’ सेवा मा बिश्वकै सर्वोच्च शिखर सगरमाथाको खुम्बु क्षेत्रलाई समावेश गरेको छ ।
गुगल स्ट्रीटभ्यूले बिहीबारदेखि खुम्बु क्षेत्रलाई समावेश गरेपछि अब तपाईं घरमै बसेर सगरमाथा क्षेत्रमा घुम्न सक्नुहुनेछ ।
यो क्षेत्रमा लिइएका करिव ४५ हजार तस्वीरमार्फत् गुगलले स्ट्रीट भ्यू सेवामा सगरमाथा क्षेत्रलाई समावेश गरेको हो ।

(खुम्बु क्षेत्रको अनलाइन टुरका लागि यहाँ क्लिक गर्नुहोस् )
गुगलले खुम्बु क्षेत्रका अधिकांश भागलाई आफ्नो स्ट्रीट भ्यू सेवामा समावेश गरेको छ । जसमा लुक्ला, नाम्चे बजार, थामे, खुम्जुङ, फोर्चे लगायतका क्षेत्रमा रहेका बिभिन्न सम्पदालाई समावेश गरिएको गुगलले जनाएको छ

स्ट्रिट भ्यूमा देखिएको नाम्चे बजार
स्ट्रिट भ्यूमा देखिएको नाम्चे बजार

यो क्षेत्रमा रहेका होटल, लज, गुम्बा, स्कूल, संग्रहालय, हिमाल, नदिनाला लगायतका तस्वीर र भिडियोमा संग्रह गरिएको छ ।
गुगलले आप्पा शेर्पा फाउन्डेसनस्टोरी साइकलको सहकार्यमा खुम्बु क्षेत्रलाई स्ट्रीट भ्यूमा समावेश गरेको हो । यसका लागि गत मार्च महिनामा १३ जना पदयात्रीले आफ्नो ब्याकप्याकमा क्यामेरा बोकेर १० दिनको यात्रा गरेका थिए । जसले खुम्बु क्षेत्रका गाउँगाउँ पुगेर करिव ४५ हजार तस्वीर खिचेका थिए । तिनै तस्वीर र भिडियोलाई समावेश गरेर गुगलले त्यस क्षेत्रको अनलाइन यात्रा गर्न सकिने सेवा सुरु गरेको हो ।
‘बिश्वमा सवैलाई सगरमाथाबारे थाहा छ तर त्यहााको जीवन कति कठिन छ भन्ने निकै कमलाई मात्र जानकारी छ’ १९ पटक सगरमाथा आरोहण गरेको आप्पा शेर्पाले भने-‘गुगल स्ट्रीट भ्यूमार्फत् अब बिश्वका सवै प्रयोगकर्ताले खुम्बु क्षेत्रको दुःख र आबश्यकता बुझ्नेछन्, जसले गर्दा त्यहाा बिद्यालय खोल्न हामीले सहयोग पाउनेछौं ।’

गुगलले सन् २०१३ मै कालापत्थरसहित सगरमाथा अाधार क्षेत्रलार्इ गुगल म्यापमा समावेश गरिसकेको थियो ।

सगरमाथा क्षेत्रमा तस्विर खिच्न खटिएको टीम
सगरमाथा क्षेत्रमा तस्विर खिच्न खटिएको टीम

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment