Comments Add Comment

पोखरामा ७२ लाख लगानीमा बुटिक संचालन

Pokhera२९ फागुन, काठमाडौं । पोखराको न्यूरोडमा आई एम द डिजाइन बुटिक संचालनमा आएको छ ।

उक्त बुटिकको सञ्चालन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापा, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, अभिनेत्री निता ढुंगाना, कलाकारहरु दिनेश डि.सी., निर्मल शर्मा र रतन सुवेदीले संयुक्त रुपमा रिवन काटेर बुटिकको समुद्घाटन गरेका थिए ।
यो बुटिकले महिला वर्गको लागि लक्षित गरि आधुनिक तथा आर्कषक डिजाइनका कुर्ता, टप्स, लेहङ्गा, साडी, गाउन, गहना व्लाउजहरु लगायत सम्पूर्ण लेडिज पहिरनहरु एक दाममा उपलव्ध हुने वुटिककी संचालिका अर्चना शर्माले बताइन ।

कार्यक्रममा वोल्दै संचालिका शर्माले करिव ७२ लाख रुपैयाको लगानी रहेको वुटिकवाट स्तरीय फेसन तथा डिजाइनका पहिरनहरुको लागि अव छिमेकी देश तथा राजधानी धाउनु नपर्ने दाबी गरिन ।

वरदान रिर्सोट एण्ड अपार्टमेन्ट लेकसाइडको भगिनी संस्थाको रुपमा स्थापित वुटिककी संचालिका अर्चना शर्मा  मिसेस नेपाल  २०११ को  फस्ट रनरअप पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment