Comments Add Comment

अष्ट्रेलियाले सुपर एटमा दक्षिण अफ्रिकालाई छल्यो

scot
स्कटल्याण्डविरुद्ध ७ विकेटको सहज जित हात पार्दै अष्ट्रेलियाले विश्वकप क्रिकेटको सुपर एटमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई छलेको छ ।

अब श्रीलंका र दक्षिण अफ्रिका भिड्नेछन् । अष्ट्रेलियाको प्रतिद्वन्द्वी अझै टुङ्गो लागेको छैन ।

एशोसिएट नेशन स्कटल्याण्ड भने यो पटक पनि जित हात पार्न सकेन । यसअघिका दुई विश्वकपमा पनि स्कटल्याण्डले सबै खेल गुमाएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड २५.४ ओभरमा १३० रनमा अलआउट भयो । अष्ट्रेलियन बलरहरु हावी भएको खेलमा स्कटल्याण्डका ब्याट्सम्यान चल्न सकेनन् । माट मचनले सर्वाधिक ४० रन बनाए । उसका पाँच ब्याट्सम्यान खाता नै नखोली आउट भएका थिए बेरिङटन १ रनमा आउट भए ।

स्टार्कले चार विकेट लिए भने पेक कुमिन्सले ३ विकट हात पारे । शेन वाट्सन, मिचेल जोनसन र म्याक्सवेलले समान १-१ विकेट लिएका छन् ।

१३१ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले १५.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो ।

अष्ट्रेलियाले ३० रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर एरोन फिन्चलाई २० रनमा गुमायो । शेन बोट्सन २४ रनमै आउट भए, जतिबेला स्कोर ८८ थियो ।

कप्तान माइकल क्लार्क मात्र ३ रनले अर्धशत बनाउन चुके । उनी ४७ रनमा पभेलियन फर्किए । फल्कनर १६ र डेभिड वार्नर २१ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment