Comments Add Comment

‘भाग् सानी भाग्’मा भाग्दै केकी

BAGH SANI BAGH (3)
बलिउडमा केही समय अगाडि निर्माण भएको चलचित्र ‘भाग् मिल्खा भाग्’सँग केही हदसम्म मिल्दोजुल्दो नाममा नेपाली चलचित्र बन्ने भएको छ । संगीतकार चेतन सापकोटा कार्यकारी निर्माता रहेको चलचित्रको नाम ‘भाग् सानी भाग्’ राखिएको छ ।

शनिबारबाट छायांकनमा जान लागेको यो चलचित्रमा लेखन तथा निर्देशन नवल नेपालको रहनेछ । चलचित्रको शिर्ष भूमिकामा नायिका केकी अधिकारी देखिदैछिन् । आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नायिका अधिकारीले यो चलचित्रमा आफू भागिरहने बताइन् । यो कुनै दौडको कथा नभएर नारीप्रधान चलचित्र भएको केकीको भनाई थियो ।

यस्तै, निर्देशक नवल नेपालले चलचित्र क्षेत्रमा जब संकट पर्छ तब आफूहरु नै अगाडि सर्नुपर्छ भन्दै यो चलचित्रलाई कमेडी बिषयमा बनाउन लागेको बताए । चलचित्रमा केकीका साथमा सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ ।
BAGH SANI BAGH (1)
रंगिन सपना बोकेर आ-आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रले मनोरञ्जनात्मक तबरले प्रस्तुत गर्ने निर्माता समेत रहेका चेतन सापकोटाले बताए । उनले एउटा ‘सानी’लाई पनि आफ्नो जिन्दगी जिउने अधिकार हुने भएकाले दर्शकले चलचित्र हेरेपछि आफूहरुलाई स्याबासी दिने बताए ।

चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँइको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहनेछ ।BAGH SANI BAGH (5)

चलचित्र घोषणा कार्यक्रममा नायिका केकी अधिकारी भाग्दै आइपुगेकी थिइन् । निर्माणपक्षले कार्यक्रमलाई केही रोचक बनाउनका लागि केकीलाई उनकै भूमिकाको शैलीमा प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment