+
+
Shares

यमनका मस्जिदमा बम विष्फोट, कम्तिमा ४६ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ६ गते १८:२४

yemen_sanaa_mosques_attack६ चैत, काठमाडौं । यमनको राजधानी सानामा दुई मस्जिदमा आत्मघाती बम विष्फोट हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । नमाजको बेला बम विष्फोट भएको हो ।

यी दुबै मस्जिदलाई शिया विद्रोहीका समर्थकहरुले उपयोग गर्दथे । यी शिया विद्रोहीहरु हुती नामले चिनिन्छन् । उनीहरुले गतबर्ष सानामा कब्जा गरेका थिए ।

यसको आक्रमणको जिम्मा कसैले लिएको छैन । तर, अल कायदाले आक्रमण गरेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?