+
+

‘भूल भुलैया’ गीत : ‘मैले जीवन जिउनलाई, तिमीले सास फेर्नुपर्छ'(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ८ गते १३:०१

nita-dhungana
कतिपय गीतका शब्द मन छुने हुन्छन् । तिनै मन छुने शब्दले दर्शकको मन जित्छन्, जसको  प्रत्यक्ष फाइदा चलचित्रलाई हुन्छ ।

शुक्रबारबाट प्रदर्शनमा आउने पक्का भएको चलचित्र ‘भूल भुलैया’को एक मार्मिक गीत सार्वजनिक भएको छ । ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतमा रजिना रिमालले स्वर दिएकी छिन् ।

यो गीतमा चलचित्रका मुख्य कलाकार जिवन लुइटेल, निता ढुंगाना र सोहित मानन्धरलाई फिचरिङ गरिएको छ । गीतको विचमा चलचित्रका केही संवादलाई पनि प्रयोग गरिएको छ । यो गीत सार्वजनिक गर्ने नयाँ तरिका हो ।

योगेश घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रलाई दिनेश कुमार पोख्रेलले प्रस्तुत गरेका हुन् । चलचित्रले त्रिकोणात्मक प्रेकथालाई बोलेको छ । चलचित्रमा वसन्त सापकोटाको संगीत, कविराज गहतराजको नृत्य, बाबु श्रेष्ठको छायांकन छ । यो गीतको ‘मैले जिवन जिउनलाई, तिमीले सास फेर्नुपर्छ’ बोलको हरफ पनि मार्मिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?