+
+

अब फेसबुकबाटै पैसा पठाउन र पाउने सकिने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ८ गते २१:३६

bb

बिश्वकै नम्बर एक सामाजिक संजाल फेसबुकले पैसा पठाउन र पाउन सकिने सेवा सुरु गर्दै छ । पैसा पठाउन सकिने नयाँ फिचरसहित फेसबुकले म्यासेन्जर एपमा सुधार गर्दै छ ।

यो फिचरको माध्यमबाट तपाईले आफ्ना फेसबुक साथीलाई पैसा पठाउन वा प्राप्त गर्न सक्नु हुनेछ । पैसा पठाउनका लागि प्रयोगकर्ताले विन्डोमा देखिने डलर आइकनमा क्लिक गर्नु पर्नेछ । सुरुमा यो सेवा अमेरिकामा मात्र उपलब्ध हुनेछ ।

यो सेवा लिनुअघि प्रयोगकर्ताहरुले अमेरिकी बैंकले जारी गरेको आफ्नो डेबिट कार्डलाई आफ्नो अकाउन्टसाग जोड्नु पर्नेछ । फेसबुकका अनुसार यो सेवा निःशुल्क हुनेछ । माबोइलमा मात्र नभई डेस्कटप कम्प्युटरमा समेत यो सेवा उपलब्ध हुने छ ।

अमेरिकाबासी प्रयोगकर्ताहरु जो एन्ड्रोइड वा एप्पलको आईओएस अपरेटिङ सिस्टमयुक्त मोबाइलबाट फेसबुक म्यासेन्जरको प्रयोग गर्छन, उनीहरुका लागि अबको केही महिनामा नै यो सुविधा उपलब्ध हुन छ ।

योगकर्ताहरुले यसका लागि एक पिन नम्बर पनि बनाउन सक्नेछन् वा आइफोनमा पैसा लेनदेनका लागि भरपर्दो सुरक्षाका लागि टच आइडी पनि बनाउन सकिनेछ ।

गत वर्ष नोभेम्बरमा स्न्यापच्याटले पनि यस्तै सविधा सुरु गरेको थियो । गत वर्ष एप्पलको आइफोनको माध्यमबाट पसलहरुमा समेत रकम भुक्तान गर्न सक्ने सुविधा लन्च गरिएको थियो ।

नयाँ फिचर ल्याउनुअघि फेसबुकले अनलाइन भुक्तानी सम्वन्धी कम्पनी स्क्वायरकसँग पार्टरहिस परेर डेभिड कार्ड र अकाउन्ट जोड्ने सुविधा दिइसकेको छ । जसले गर्दा तपाईाले स्मार्टफोनमा च्याट गर्दागर्दै तुरुन्तै आफ्नो साथीलाई पैसा पठाउन वा पाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?