+
+

कर्मचारीको पेन्सनपट्टा बैंकले नै किन्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते ७:१४

१० चैत, काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले अवकाश पाएका आफ्ना कर्मचारीसँग पेन्सनपट्टा किन्ने भएको छ । अवकाश पाएर मासिक पेन्सन थापिरहेका कर्मचारीलाई एकमुष्ट रकम दिएर पेन्सन खरिद गर्ने योजना सो बैंकले बनाएको हो ।
Rastriya-Banijya-Bank
मासिक रुपमा पेन्सन लिइरहेका अवकाशप्राप्त कर्मचारीलाई आकर्षक रकम दिएर ‘पेन्सन बाई ब्याक’ योजना ल्याउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद शर्माले जानकारी दिए । मासिक पेन्सन लिइरहेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई यस्तो योजनामा सहभागी हुनका लागि निश्चित समय दिइने बैंकले जनाएको राजधानी दैनिकमा खबर छ ।

‘मासिक पेन्सन लिइरहनु भएका पूर्वकर्मचारीले चाहेमा आफ्नो पेन्सन बैंकलाई नै बिक्री गर्ने योजना ल्याउँदैछौं, निश्चित अवधिका लागि आउने यस्तो योजना निकै आकर्षक हुन्छ,’ सीईओ शर्माले भने ।

बैंकले कर्मचारीको पेन्सन किन्नका लागि आन्तरिक गृहकार्य गरिरहेको छ । कर्मचारीको मासिक पेन्सन फरक-फरक भएकाले उनीहरुले पाउने रकम पनि फरक- फरक हुनेछ । मासिक पेन्सन रकम, उमेर उनीहरुको स्वास्थ्य अवस्थाजस्ता कुरालाई आधार मानेर एउटा मूल्य तोक्ने र सो मूल्य बेच्न चाहनेले आफ्नो पेन्सन बेच्न सक्ने ब्यवस्था बैंकले बनाउन लागेको हो ।
यस्तो योजनाका लागि अहिले आन्तरिक गृहकार्य भइरहेको शर्माले जानकारी दिए । बैंकले आफ्ना पूर्व कर्मचारीसँग पेन्सन खरिद गर्नका लागि आवश्यक बजेटको पनि ब्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?