कुनै समय प्रेमी नेरनको नामको ट्याटु खोपेकी सुष्मा अहिले शान्त चरा जस्तै उड्न खोज्दैछिन् । नेरनसँग एकसाथ बस्दा सुष्माले उनको नामको ट्याटु नै खोपेकी थिइन् । तर, उनीहरुको प्रेम अहिले सकिएको छ । सुष्मा र नेरन अहिले अलग छन् । जसका कारण पनि सुष्माले अब उनलाई संझन समेत नचाहेको देखिन्छ ।
आफ्नो ढाडमा नेरनको नामको ट्याटु खोपेकी सुष्माले अहिले त्यो हटाएकी छिन् । अहिले सुष्माको ढाडमा प्वाँख र उड्दै गरेका चरा देख्न सकिन्छ । केही समय अगाडि नै सुष्माले प्रेमीको नामको ट्याटु हटाएर आफू शान्त रुपमा उड्न खोजेको दर्शाएकी हुन् ।
सुष्माले किन राख्नु र भन्दै ट्याटु हटाएको बताइन् । यसबाट पनि सुष्मा र नेरन अब पूर्ण रुपमा अलग भएको देखिन्छ । हाल चलचित्र ‘चलेस बतास सुस्तरी’को छायांकनका लागि सुष्मा पोखरामा छिन् । उनी अहिले बालबालिकासँग ज्यादा रमाएको देख्न सकिन्छ । प्रेमीसँग बस्दा सुष्माले धेरै चलचित्रबाट हात धुनु परेको थियो ।
उनलाई लिन निर्माताहरु पनि हिचकिच्याउथ्य । उनी आइटम गर्लको रुपमा मात्र सिमित थिइन् । अब, सुष्मा आफू चलचित्रमा काम गरेर यसैमा अगाडि बढ्न चाहेको बताउँछिन् । सुष्माको निर्देशक सुदर्शन थापासँग ब्रेकअप भएपछि नेरनसँग प्रेम बसेको थियो ।
प्रतिक्रिया 4