Comments Add Comment

प्रश्नावली समिति खारेज भए आन्दोलन फिर्ता : देवेन्द्र पौडेल

१० चैत,बागलुङ । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सहमतीय संविधान बनाउने सुनिश्चितासहित संविधानसभाभित्र बनेको प्रश्नावली समिति खारेज भए आन्दोलनका कार्यक्रम फिर्ता हुने बताएका छन् ।

फाइल फोटो
फाइल फोटो

क्रान्तिकारी पत्रकार सङ्घ बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले दलबीच सहमति जुटाउन एमाओवादी लचक बन्दै आए पनि सत्तापक्षीय दलका अडानका कारण सहमति हुन नसकेको टिप्पणी गरे ।

विगतका आन्दोलन, विभिन्न पक्षसँग भएको सहमति, सम्झौता र अन्तरिम संविधानको गति र भावनाअनुसारको संविधान बन्नुपर्ने नेता पौडेलको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment