Comments Add Comment

कांग्रेस र एमाले लचक नहुँदा सहमति हुन सकेन : भट्टराई

१३ चैत, पोखरा । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले सङ्घीयताको मामलामा र समानुपातिक प्रतिनिधित्वका विषयमा प्रमुख दुई कांग्रेस र एमाले सहमतिका लागि लचिलो नबनेको आरोप लगाएका छन् ।

Baburam-at-Nepalganjएमाओवादीले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टरार्इले सत्ता पक्षको दुईतिहाइको दम्भले टसमस नभएकाले सहमति हुन नसकेको बताए ।

३० दलीय मोर्चा निकास निस्कोस् भनेर अधिकतम् लचिलो भएको बताउँदै नेता डा भट्टराईले जातीय र भाषिक पहिचानका आधारमा प्रदेश निर्माण र मिश्रित निर्वाचन प्रणालीमा सहमति जुट्नैपर्नेमा जोड दिए ।

संविधानका अन्तरवस्तुमा सहमति गरेर जेठ १५  गते नयाँ संविधान जारी गर्न मिति तोकिनुपर्ने भन्दै उनले भने-अर्को निर्वाचन नभएसम्म एमाओवादी सत्तामा जाने पक्षमा छैन, काँग्रेस र एमाले मिलेर सत्ता चलाए हुन्छ ।’

राजनीतिक स्थायित्व नभई आर्थिक विकास हुन नसक्ने भन्दै उनले यसको लागि देशको मूल कानुन संविधान छिटो जारी हुनुपर्नेमा जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment