+
+

पोखरामा एमाओवादी मोर्चा र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १५ गते १३:१३

१५ चैत, कास्की । पोखराको न्यूरोडमा एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

YCL-march-pass

  • हातमा बाँसका भाटा लिएका एमाअोवादी कार्यकर्ता : फाइल तस्वीर

हातमा बाँसका भाटा बोकेका मोर्चाका कार्यकर्ताहरुको जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेकाबेला प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठी चार्जपछि जुलुस तितरबितर भएको छ । केहीको टाउको र अनुहारमा चोट लागेको छ ।

प्रत्यक्षदर्शीका अनुसार घाइतेहरुलाई मोर्चाकै कार्यकर्ताहरुले मोटरसाइकलमा राखेर अस्पताल पुर्‍याएका छन् ।

स्थानीय व्यवसायीहरुका अनुसार मोर्चाका कार्यकर्ताहरुले पसलका सटरहरुमा लाठी हान्दै बन्द गर्न दवाव दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अनुसार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आइतबार देशभर लाठी जुलुस प्रदर्शन गर्दैछ । गृहमन्त्रालयले भने लाठी जुलुस प्रदर्शनमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?