+
+

आफूखुसी १९ प्रहरी गैर हाजिर, ७ दिनभित्र सम्पर्कमा आउन सूचना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते ८:५१

११ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका १९ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना प्रकाशन गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको प्रहरी प्रधान कार्यालय सूचनामार्फत भनेको छ । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न गरी सफाइको मौका दिइएको र अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनीसमेत दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ७ जना फागुनदेखि र ११ जना चैतदेखि कार्यालयमा गैर हाजिर छन् । गैर हाजिर हुनेमा चितवनका प्राविधिक प्रहरी नायव निरीक्षक अञ्जन सिम्खडा र गुल्मीका प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने छन् ।

त्यस्तै प्रहरी हवल्दार प्युठानका कमल रोकामगर, बाराका प्रेमचन्द्र जैसवाल र दाङका देवेन्द्र डिसी छन् । त्यस्तै सप्तरीका प्रहरी सहायक हबल्दार यौनीकुमार मण्डल, प्राविधिक प्रहरी जवान रामेछापका शिव श्रेष्ठ पनि गैर हाजिर छन् ।

यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा शिवकुमार चलाउने, रुपक केसी, वीरेन्द्रसिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुलबहादुर सारु थापा, कल्याण डीसी, माधव थापा र प्रहरी कार्यालय सहयोगी रमिता खत्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?