+
+

मोदी ३.० : एस जयशंकर बने विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते २०:१३

२८ जेठ, काठमाडौं । मोदी ३.० मा एस जयशंकरले विदेशमन्त्रीमा निरन्तरता पाएका छन् ।

तेस्रो कार्यकालका लागि आइतबार शपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । सोमबार मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ, जसमा विदेशमन्त्रीमा जयशंकरले नै निरन्तरता पाएका छन् ।

राजनाथ सिंहलाई रक्षा, अमित शाहलाई गृह, नितिन गडकरीलाई रोड ट्रान्सपोर्ट तथा हाइवे र निर्मला सितारमणलाई अर्थ मन्त्रालयकै जिम्मेवारी दिइएको छ ।

जेपी नड्डा स्वास्थ्य, शिवराज चौहान कृषिमन्त्री बन्दा सीआर पाटिल जलशक्ति मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?