+
+

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, संसद गतिरोधबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते ८:५७
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । फाइल फोटो

११ जेठ, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझाव समेत दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमा समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?