Comments Add Comment

डा. गोविन्द केसीका सात माग पुरा गर्न सरकार तयार

Dr-Govinda-Kc

१७ चैत, काठमाडौं । सरकार १० दिनदेखि आमरण अनसनरत प्रा. डा. गोविन्द केसीको सातबटा माग पुरा गर्न तयार भएको छ । वार्ता अहिले पनि चलिरहेको छ ।

सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको नेपाल मेडिकल एसोसिएसनका सदस्य विश्वराज दवाडीले बताए । ‘अधिकांश मागमा उहाँहरु सकारात्मक हुनुहुन्छ तर, कुनै पनि सहमति भइसकेको छैन’ दवाडीले भने-हामी अहिले पनि वार्तामा छौं ।’

स्रोतका अनुसार केसीको १० बुँदे माग मध्ये त्रिवि पदाधिकारी र शिक्षामन्त्रीको वर्खास्ती वा राजीनामा, मेडिकल काउन्सिलका पदाधिकारकिो वर्खास्ती र अख्तियारले छानविन गर्नु पर्ने केसीको माग सरकारले मानेको छैन ।

तर, डा. केसीले भने त्रिविसहित मेडिकल काउन्सिलका पदाधिकारीलाई कारबाही र नीति नबन्दासम्म सम्बन्धन दिन नहुने मागलाई बटमलाइन बनाएका छन् ।

वार्तामा सरकारी प्रतिनिधिहरुले भने केदारभक्त माथेमा संयोजकत्वमा हरेको कार्यदलको प्रतिवेदन नआउँदासम्म सम्बन्धन नदिने र समितिको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने बताएको छ ।

प्रधानमन्त्री सुशील कोइराला सहमति गर्ने म्याण्डेट दिएर मुख्यसचिव लिलामणि पौडेल र योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेललाई पठाएका छन् ।

बालुवाटार स्रोतका अनुसार डा. केसीसँग सहमति भए आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर माग सम्बोधन गर्ने र केसीको अनसन तोडाउने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment