+
+

दीपिकाको भिडियोमा सोनाक्षी भन्छिन्-‘शारीरिक सम्बन्ध मात्र महिला स्वतन्त्रता होइन’

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १८ गते ११:१५

sonaxi-sinha
बलिउड नायिका दीपिका पादुकोणले तयार पारेको छोटो चलचित्र ‘माई च्वाइस’को भिडियोले अहिले विभिन्न तबरले चर्चा पाइरहेको छ । जसमा उनले महिलालाई आफ्नो अधिनमा चल्नुपर्छ भन्ने पुरुषहरुको विरुद्ध दरिलो आवाज उठाएकी छिन् । दीपिकाले तयार पारेको भिडियोले अहिले समर्थन र विरोध दुबै पाइरहेको छ ।

यो भिडियोको बिषयमा टिप्पणी गर्ने थुप्रै मानिसहरुको भिडमा बलिउड नायिका सोनाक्षी सिन्हा पनि पर्छिन् । जसले दीपिकाको भिडियो आफूले नहेरेपनि यसले महिलाको बिषयमा कुरा उठाएको थाहा भएको सोनाक्षीको भनाई छ ।

सोनाक्षी भन्छिन्-‘मेरो सोचाई यो छ कि, सशक्तिकरण ती महिलाहरुको लागि आवश्यक छ जसलाई यो आवश्यक छ । हाम्रो जिन्दगी त सुख र समृद्धीमा नै बितेको छ ।’

सोनाक्षीको वुझाइमा महिला सशक्तिकरणको अर्थ कसरी कपडा लगाउने र कोसँग शारीरिक सम्बन्ध राख्नु मात्र होइन । उनको भनाइमा महिलाहरुलाई रोजगारी र ताकत दिनु महिला सशक्तिकरण हो । सोनाक्षीका अनुसार भिडियो राम्रो भएपनि यो समाजका पिछडिएका वर्गसम्म पुग्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?