Comments Add Comment

कांग्रेसका युवा भन्छन्- सुशीलले भातृ संगठन सिध्याए

१९ चैत, काठमाडौं । नेविसंघ र तरुण दलको नेतृत्व गर्न भनेर दाह्री जुँगा फुलाउन लागिसकेका कांग्रेसका नवोदित युवा नेताहरु अन्ततः त्यो सपना पूरा नहुँदै घर फर्किनुपर्ने भएको छ ।

nainsing-maharविगत ८ वर्षभन्दा लामो समयदेखि महाधिवेशन हुन नसकेर जाम भएको भातृ संस्थाहरुको नेतृत्वलाई खुलाउन नेतृत्वले चासो नदिएपछि एउटा पुस्ता विदा हुनुपर्ने अवस्था आएको हो ।

कांग्रेसको महाधिवेशनअघि भातृ संगठनहरुको महाधिवेशन नगर्ने अनौपचारिक सहमतिमा सुशील कोइराला र शेरबहादुर देउवा पुगिसकेको स्रोतले जनाएको छ ।

महाधिवेशनको मुखमा भातृ संगठनमा महाधिवेशन गर्दा त्यसको असर आ-आफ्नो गुटमा पर्ने भएकाले दुबै पक्ष भातृ संगठनको महाधिवेशन गर्न उत्साहित छैनन् ।

हामीलाई समाप्तै पारे

नेविसंघको अध्यक्षका आकांक्षी कांग्रेस युवा नेता नैनसिंह महरले पार्टी नेतृत्वले भातृ संगठन ध्वस्त बनाएको र एउटा पुस्तालाई समाप्त पारेको आरोप लगाए ।

‘पार्टीलाई संस्थागत हिसाबले चलाउँछु भनेर सभापति जितेका सुशील कोइरालाले पाँच वर्षको अवधिमा भातृ संस्थालाई ध्वस्त पार्नुभयो’ महरले भने ‘विधानको ९८ प्रतिशत कार्यान्वयन भएको छैन । हाम्रो पुस्तालाई नै समाप्त पार्नुभयो’ ।

महरले कांग्रेसको मेरुदण्डका रुपमा काम गर्ने भातृ संस्थालाई भंग गरेर तदर्थवादमा हाल्ने काम कोइरालाबाट भएको आरोप लगाए ।

आधा दर्जन भातृसंगठन अलपत्र

नेपाली कांग्रेसका आधा दर्जन बढी भ्रातृसंगठनहरूको महाधिवेशन लामो समयदेखि हुन सकेको छैन ।

आगामी भदौमा पार्टीको महाधिवेशन तोकिएकाले त्यसअघि कुनै पनि भ्रातृसंगठनको महाधिवेशन हुने अवस्था आफूले नदेखेको संगठन बिभाग प्रमुख आनन्द ढुंगानाले बताए ।

कांग्रेसले नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघको महाधिवेशनको मिति पटक-पटक तोकेर पनि अन्तिममा स्थगित गर्दै आएको छ । नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल मगर संघ र नेपाल आदिवासी जनजाति संघको महाधिवेशन पनि हुन सकेका छैनन् ।

भातृ संगठनमा एउटै गुटबाट पनि नेतृत्वका लागि दर्जनौं आकांक्षीहरु छन् । उनीहरुको व्यवस्थापन गर्न नसक्दा आफ्नै गुटलाई पार्टी महाधिवेशनमा नकारात्मक असर पर्ने भएकाले पनि दुबै पक्षले भातृ संगठनलाई स्थगित गर्न खोजेका हुन् ।

भातृ संगठनको महाधिवेशन नहुने संकेत पाएपछि नेतृत्वका आकांक्षीहरु अब पार्टी महाधिवेशनमा केन्द्रित हुन थालेका छन्

नेविसंघको महाधिवेशन आठ वर्षको बीचमा आठ पटक मिति तोकिँदै स्थगित भएको छ । तरुण दलको महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म २८ जिल्लाबाहेक अरुमा अधिवेशन नै भएको छैन ।

नेविसंघमा हाल कोइराला पक्षको नेतृत्व छ भने तरुण दलमा देउवा पक्षको नेतृत्व छ । त्यस्तै महिला संघ पनि देउवा पक्षकै नेतृत्वमा छ ।

अहिलेसम्म महाधिवेशन भएका सबै भातृ संगठनमा देउवा पक्षले जितेका कारण पनि कोइराला पक्ष महाधिवेशन गराउन उत्सुक छैन ।

भातृ संगठनको महाधिवेशन नहुने संकेत पाएपछि नेतृत्वका आकांक्षीहरु अब पार्टी महाधिवेशनमा केन्द्रित हुन थालेका छन् ।

तरुण दलका केन्द्रीय सदस्य तथा अध्यक्षका आकांक्षी टेकराज पौडेलले पनि अब पार्टी महाधिवेशनअघि भातृ संगठनको महाधिवेशन नहुने संकेत आफूहरुले पाएको बताए ।

‘हामीले जसरी पनि महाधिवेशन गर्छौं भनेको हो, तर हाम्रै पनि धेरै जिल्लामा महािधवेशन हुन बाँकी छ’ पौडेलले भने ‘जेठसम्म गरौं भन्दा त हुने त अब होला जस्तो छैन’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment