+
+

‘प्रेमगीत’ र ‘मिरा’को एकसाथ घोषणा, नायिका बनिन् निर्मात्री

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते ११:२९

mira
ठूला बजेटका दुई चलचित्रको एकसाथ घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘चंखे शंखे पंखे‘को ट्रेलर सार्वजनिक कार्यक्रममा दुई चलचित्रको घोषणा गरिएको हो ।

जसमा सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘प्रेमगीत’ छ । प्रेम र गीतको प्रेमको कथालाई यो चलचित्रमा उठान गर्ने सुदर्शनले बताए । चलचित्रका लागि पुरुष कलाकार पक्का नभएपनि गीतको रुपमा भने पूजा शर्मा पक्का भएकी  छिन् । यो चलचित्रलाई पनि ‘चंखे शंखे पंखे’का निर्माता सन्तोष सेनले नै निर्माण गर्दैछन् । निर्देशक सुदर्शन थापाले यो चलचित्रको बजेट पनि एक करोड लाग्ने घोषणा कार्यक्रममा नै गरिदिए ।

यस्तै, सोही कार्यक्रममा चलचित्र ‘मिरा’को पनि घोषणा गरियो । यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा सुदर्शन थापा हुनेछन् । यही चलचित्रबाट नायिका पूजा शर्मा निर्मात्रीको रुपमा देखिनेछिन् । चलचित्रमा सन्तोष सेनको पनि लगानी रहनेछ ।

यो चलचित्रलाई ‘आभाष’का निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । नारीप्रधान यो चलचित्रका लागि कलाकारको छनोट भैरहेको छ । चलचित्रले प्रेम र बदलाको कथा भन्नेछ । यो चलचित्रको बजेट भने कार्यक्रममा सार्वजनिक गरिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?