
नेपाली चलचित्रकी चर्चित नायिका झरना थापा अहिले हराएजस्तै छिन् । आफ्नै होम प्रोडक्शनको ‘ए मेरो हजुर २’ निर्देशन गर्ने तयारी गरेकी झरनाको अहिले चलचित्र खासै प्रदर्शनमा छैनन् । कुनै समय हप्तैपिच्छे झरनाका चलचित्र हलमा देखिन्थे ।
झरना अहिले केही चलचित्रमा मात्र काम गरिरहेकी छिन् । उनै झरनाले अभिनय गरेको चलचित्र ‘डेस्टिनेशन काठमाण्डौ’ वैशाख २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई स्वर्गिय निर्देशक दिपक रायमाझीले निर्देशन गरेका हुन् । तर, चलचित्रको छायांकनकै क्रममा निर्देशक रायमाझीको निधन भएपछि सह-निर्देशक मधुसुदन भट्टराइले पुरा गरेका थिए ।
चलचित्रमा शरद अधिकारीले लगानी गरेका छन् । चलचित्रमा झरना थापा, दिलिप रायमाझी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सह-निर्देशक भट्टराइको नाम कार्यकारी निर्देशकको रुपमा देखिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4