+
+

नम्रता र रजनीलाई चलचित्रमा जम्नै गाह्रो

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १३:२९

namrata-and-rajani
चलचित्रमा अभिनय गर्नु र दर्शकको मन जित्नु सामान्य कुरा होइन । यसैले पनि यहाँ नायिका बन्ने सपना बोकेर हजारौमध्ये केही मात्र सफल छन्, अरु दुई चार दिन चर्चित बन्छन् अनी हराउँछन् ।

हालसम्म नायिका रजनी केसी र नम्रता सापकोटाले २-२ मात्र चलचित्रमा अभिनय गरेका छन् । रजनीले अभिनय गरेको चलचित्र ‘लोफर’ मात्र प्रदर्शनमा आएको छ । यस्तै, नम्रताले पनि अभिनय गरेको चलचित्र ‘अन्तराल’ मात्र हलमा लागेको छ ।

नम्रता सापकोटा र रजनी केसी चलचित्र ‘ब्रासलेट‘बाट भाग्य चम्काउने दाउँमा छन् । रजनी यो क्षेत्रमा आएको केही समय मात्र भयो भने नम्रता केही बर्षदेखि यो क्षेत्रमा छिन् । तर, दुबै जना नायिका भन्दा पनि म्यूजिक भिडियोमा मात्र व्यस्त छन् । नम्रता म्यूजिक भिडियोमा बढी देखिएकी छिन् भने रजनी पनि यही लयमा छिन् ।

नेपाली चलचित्रमा नायिका बन्नु चानेचुने कुरा होइन । सायद, यी दुई मोडलले पनि यो कुरा वुझेको हुनुपर्छ । रजनी केसी र नम्रता सापकोटा नायिका बन्न खोज्दैछन् । तर, ‘लोफर’ र ‘अन्तराल’को असफलताले यी दुइलाई नेपाली चलचित्रमा जम्न गाह्रो भयो ।

चर्चित कलाकार निर्मल शर्माको ‘ब्रासलेट’मा एकसाथ देखिन लागेका रजनी र नम्रता, के अब चलचित्रमा जम्लान्, समयले नै बताउनेछ । तर, चलचित्रको घोषणा कार्यक्रममा भने रजनी र नम्रता चलचित्रको यात्रा अब सुनौलो तबरले अगाडि बढ्नेमा ढुक्क देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?