+
+

मदिरा विरुद्धको डकुड्रामा ‘नदेखिएका आँशुहरु’

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १६:०४

drama
मदिरा सेवन विरुद्धको डकुड्रामा ‘नदेखिएका आँशु’को शुक्रवार शुभ मुर्हत गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नरिवल फोडेर सो डकुड्रामाको शुभमुर्हत गरिएको हो । पत्रकार विजयरत्न तुलाधरले नरिवल फोडेर गरेको शुभमुर्हतको निर्देशन जगन भुषालले गरेका थिए भने क्यामेरामा बिष्णु फुएल शर्मा रहेका थिए ।

सो अवसरमा कलाकारहरु विनय जंग बस्नेत र कमला न्यौपानेले अभिनय गरेका थिए । कथा एवंम परिकल्पनाकार विनय जंग बस्नेतको जीवनमा मदिराले पारेको प्रभाव र उनले तीन महिना रिहाविलिटेसन सेन्टरमा विताएको क्षणलाई बास्तविक रुपमा पर्दामा उतार्ने जमर्को पटकथा, संबाद र निर्देशनको जिम्मेवारी सम्हालेका डीपी शाह चक्रवर्तीले गरेका छन् ।

रिचमण्ड फेलोसिप नेपालको प्रस्तुती रहेको सो डकुड्रामाको कार्यकारी निर्माता सस्थाका कार्यक्रम निर्देशक विष्णु फुएल शर्मा छन् ।
बस्नेत आफैले मुल अल्कोहलिकको अभिनय गर्ने सो डकुड्रामामा बस्नेतसहित कमला न्यौपाने, प्रतिक्षा पोख्रेल, सुनिता सुन्दास, मिनु शुब्बा, राधिका खनाल र बालकालाकारहरु एनी भट्टराई, सलिना बस्नेता, सोनिया अधिकारी र ज्ञानु रेग्मीले अभिनय गर्ने निर्देशक चक्रवर्तीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?