Comments Add Comment

सन्दिप बने ‘मिस्टर नेपाल’, नायक बन्ने चाहना

mistor-nepal
२२ बर्षका सन्दिप पोखरेलले यो बर्षको ‘मिस्टर नेपाल’को उपाधी जितेका छन् । गोरखाका पोखरेलले अन्य ४० जना प्रतिस्पर्धीलाई उछिन्दै यो उपाधी हात पारेका हुन् । उनले ‘मिस्टर ह्यान्डसम, बेष्ट पर्सानालिटी, वेष्ट फिजिक्स’ विधामा अवार्ड पनि प्राप्त गरेका छन् ।

कार्यक्रमका निर्णायकले सोधेको ‘यदि तपाई छोरीको बाबु भएको खण्डमा निर्वाहा गर्ने प्रमुख ३ कुरा के हुन्’? भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधी हात पारेका हुन् । विजेताले नगद १ लाख, चलचित्र ‘विन्दास ३’मा अभिनयको अवसरको साथमा विभिन्न पुरस्कार हात पारेका छन् ।

उनले कलाकार बन्ने योजना सुनाएका छन् । यस्तै, प्रतियोगीतामा प्रतिक लालवानी फस्ट रनरअप र मिलन श्रेष्ठ सेकेन्ड रनरअप भएका छन् । यो प्रतियोगीताको आयोजना एक्सपोज नेपालले गरेको हो ।

यो प्रतिस्पर्धाका लागि निर्देशक उद्धव अविजित,  राजु गिरी, ‘मिष्टर नेपाल २०१४’का विजेता सुरज चिलुवाल, ‘मिसेस राजधानी, अनुकाली राणा मुल्यांकनकर्ताको रुपमा थिए । प्रतियोगीताको कोरियोग्राफ चिाँदनी लामिछानेले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment