+
+
Shares

१५ तस्वीरः जसले अल्ट्रालाइट फ्लाइट गर्न लोभ्याउँछ

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २६ गते १६:२५

एक समय फेवाताल र डेभिड फल्स पोखराको परिचय थियो । नेपाल घुम्न आउने पर्यटकहरु समयले भ्याएसम्म पुखरा पुग्छन् ।

तर, आजभोलि पोखराको अर्को परिचय पनि थपिएको छ र त्यो हो अल्ट्रालाइट फ्लाइट ।

Pokhara from Ultra Flight_650 (2)

साहसिक खेलको रुपमा परिचित अल्ट्रालाइट लाइट दैनिक ३०/४० पर्यटक उड्ने गरेका छन् । पोखरामा तीन कम्पनीले अल्ट्राफ्लाइट गराउँदै अाएको छ ।

पोखरा विमानस्थलबाट हुने अल्ट्रालाइट फ्लाइटमा एक पटकमा एक जना मात्र पर्यटक जान सक्छन् । फिस्टेल अल्ट्रा फ्लाइटका अपरेशन म्यानेजर दिनेश भण्डारीका अनुसार उनको कम्पनीले पर्यटकहरुका लागि १५ मिनेटदेखि ९० मिनेटसम्मको चार प्याकेज उपलब्ध गराएको छ ।

१५ मिनेटमा पोखरा र फेवालेकसम्म घुम्न सकिन्छ भने ३० मिनेटमा सारांकोट पार गरेर सेती नदी हुँदै माछापुच्छ्रे हिमाल सेरोफेरो हेर्न सकिन्छ । ६० र ९० मिनेटमा अन्नपूर्णसहितका हिमश्रृखलाहरुको मनमोहन दृश्यहरु हेर्न सकिनेछ ।

भण्डारीका अनुसार अल्ट्रालाइट फ्लाइटका लागि स्वेदेशीभन्दा विदेशी पर्यटकहरु बढी आउने गरेका छन् ।

विदेशीका लागि १५ मिनेटको ७०, ३० मिनेटको १२५,६० मिनेटको १९८ र ९० मिनेटको २८५ युरो शूल्क तोकिएको छ । नेपालीहरुका लागि भने १५ मिनेटको ६५००, ३० मिनेटको १०५०० र एक घन्टाको १९५०० रुपैयाँ शूल्य तोकिएको छ ।

अल्ट्रालाइट फ्लाइटका क्रममा फिस्टेल अल्ट्राफ्लाइटका पाइलट जेम्स डाउनीले आफ्नो क्यामरामा कैद गरेका तस्वीरहरु :

Pokhara from Ultra Flight_650 (1)
अल्ट्रालाइट फ्लाइटका क्रममा देखिएको शान्ति स्तुपा ।
Pokhara from Ultra Flight (1)
लालीगुराँस फुलेको जंगल र पृष्ठभूमिमा हिमाल । यो दृश्यले अल्ट्रालाइट फ्लाइट गर्ने जो कोहीको मन लोभ्याउँछ

 

Pokhara from Ultra Flight (2)
उडानका क्रममा हिमाल नजिकै पुगेको भान हुन्छ । पर्यटकलार्इ अल्ट्रालाइट फ्लाइट गराउने क्रममा जेम्सले कैद गरेको दृश्य

 

Pokhara from Ultra Flight (3)
माछापुच्छ्रे बेस क्याम्प

 

Pokhara from Ultra Flight (4)

Pokhara from Ultra Flight (7)
फोवा ताल र किनारमा रहेको बस्ती ।

 

गुरासै फूल्यो बनैमा …

 

फेवातालमा रहेको बाराही मन्दिर

 

Pokhara from Ultra Flight (11)

Pokhara from Ultra Flight (12)
अल्ट्रालाइट फ्लाइटको मज्जा लिँदै पर्यटकहरू

 

Pokhara from Ultra Flight (13)

Pokhara from Ultra Flight (14)

Pokhara from Ultra Flight (15)

 

Pokhara from Ultra Flight (5)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?