Comments Add Comment

दक्षिण कोरियामा एक हजार चार सय नेपाली गैरकानुनी

२७ चैत, काठमाडौं । दक्षिण कोरियामा ५.४ प्रतिशत नेपाली कामदार गैरकानुनी रहेका छन्। कोरिया सरकारले गरेको पछिल्लो अध्ययनअनुसार त्यहाँ रहेका नेपाली कामदारमध्ये ५.४ प्रतिशत अवैध छन्।
korea-2
यो तथ्यांक सन् २०१४ नोभेम्बर अन्त्यसम्मको हो। त्यसपछिको अवस्थाका बारेमा भने अध्ययन भएको छैन। हाल कोरियामा २७ हजार नेपाली कामदार रहेको अन्नपूर्ण पोस्टमा खबर छ । यो संख्याका आधारमा हिसाब गर्दा गैरकानुनी कामदारको संख्या एक हजार चार सय ५८ हुन आउँछ।

अवैधरूपमा बस्ने कामदारको संख्या सन् २०१३ को तुलनामा बढेको हो। त्यस देशमा चार वर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार स्वत: गैरकानुनी हुने व्यवस्था छ।

सन् २०१३ मा कोरियामा जम्मा ३.७ प्रतिशतमात्र अवैध नेपाली कामदार थिए। यो विवरणले त्यहाँ नेपाली कामदार अवैध रूपमा बस्ने क्रम बढेको देखाउँछ।
पाँच प्रतिशतभन्दा बढी कामदार अवैध भएमा कोरियाले घटाउन चेतावनी दिने गर्छ। घटाउन नसके रोजगारदाता मुलुकले कामदार लिन रोक्न सक्छ। अवैध बस्ने नेपाली पाँच प्रतिशतबाट माथितिर जान थालेकाले घटाउन कोरियाले नेपाललाई पटकपटक निर्देशन दिइसकेको छ।

गैरकानुनी रूपमा बस्ने क्रम नघटेपछि नेपालले गत वर्ष अवधि पूरा भएर फर्किनेलाई स्वरोजगारमूलक कामसम्बन्धी तालिम र सहुलियत ऋण दिने योजना सार्वजनिक गरेको थियो।

ईपीएस कोरिया शाखा नेपालका निर्देशक ली दोङ सिर्कले सन् २०१३ को तुलनामा २०१४ मा अवैध बस्ने नेपाली कामदारको संख्या बढेकाले नेपालले घटाउन तत्काल पहल गर्नुपर्ने बताए।

अवैध बस्ने क्रम नरोकिए आगामी दिनमा नयाँ कामदार पठाउन समस्या हुने भएकाले घटाउन आवश्यक रहेको उनी बताउँछन्। सिर्क कोरियाको तर्फबाट ईपीएस नेपाल शाखामा निर्देशक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment