Comments Add Comment

शिक्षा संकाय नपढ्नेलाई मास्टरीको जागिर रोक्न माग

२७ चैत, काठमाडौ । शिक्षा शास्त्र संकायबाहेक अन्य संकायमा अध्ययन गरेकाहरुलाई शिक्षकको जागिर दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

supreme-court-of-Nepal-Final1शिक्षक सेवा आयोगको विज्ञापनमा शिक्षा संकायकै अध्यायन अनुमति पत्र लिएका दक्ष जनशक्तिले निवेदन प्रशस्त रहने गरेको भन्दै अधिवक्ता दिलकुमारी राईले रिट दायर गरेकी हुन् ।

शिक्षक दरबन्दी विज्ञापनमा दरबन्दीभन्दा कैयौँ गुणा बढी दक्ष र तालिम प्राप्त अध्यापन अनुमति पत्र भएका शिक्षक आवेदक परेको राईले रिटमा दावी गरेकी छन् । शिक्षक सेवा आयोगको वाषिर्क बुलेटिन रेकर्ड अनुसार २०६९ मा सबै विकास क्षेत्रमा खुलेको शिक्षक दरबन्दी विज्ञापनमा दरबन्दीभन्दा कैयौँ गुणा बढी दक्ष र तालिम प्राप्त अध्यापन अनुमति पत्र भएका शिक्षक आवेदक परेको रिटमा उल्लेख गरिएको छ ।

शिक्षक सेवा आयोगले गणित, विज्ञान, अङ्ग्रेजी र लेखाजस्ता विषयमा जनशक्तिको अभाव रहेको भन्दै शिक्षा शास्त्र संकायबाहेक अन्य संकायलाई पनि आवेदन दिन सक्ने भन्दै आवेदन माग गरेको थियो ।

अन्य सङ्कायबाट तालिम अप्राप्त तथा अध्यापन अनुमति पत्र नलिएको व्यक्तिलाई शिक्षक बनाउने गरी शिक्षक सेवा नियमावलीको नवौँ संशोधन आवश्यक नभएको भन्दै रिटमा उक्त संसोधन नियमावली खारेजको माग गरेकी छन् ।

अधिवक्ता राईले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, शिक्षा विभाग नेपाल सरकार र शिक्षक सेवा आयोग सानोठिमीलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment