+
+

न्यूरोडको मलमा भोट माग्दै सुन्दरीको क्याटवाक

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २८ गते ९:२८

model

काठमाडौ । मिस नेपालमा सहभागी सुन्दरीहरु ताम्राकार हाउसमा क्याटवाट गर्न पुगेका छन् । मिस नेपालको सह-प्रायोजक रहेको जिओनी मोबाईलले न्यूरोडको ताम्राकार कम्प्लेक्समा सुन्दरीहरुलाई जम्मा पारेर कार्यक्रम गरेको थियो ।

कार्यक्रममा सहभागी सुन्दरीले जिओनी मिस पपुलर च्वाईसको लागि कम्प्लेक्समा उपस्थित ग्राहकसँग भोट दिन अनुरोध गरेका थिए ।
जिओनी मोबाइलले १५ दिनभित्र  खरिद गरिएका कुनै पनि जिओनी मोबाइलको रसिद ग्राहकहरुबाट संकलन गर्नुको साथै तीनै ग्राहकमध्येवाट एक भाग्यमानी विजेता घोषणा गर्ने कार्यक्रम रहेको छ ।

पातलो र स्टाइलिस इलाइफ एस ५.१ पुरस्कार स्वरुप दिने जिओनीको योजना अनुसार जिओनी भि फोर एस् फोन खरिद गरेका भाग्यमानी सागर खनाललाई मिस नेपालकै प्रतियोगिमाझ पुरस्कार दिइएको थियो ।

जिओनीले विस्तारै आफूलाई फेसनेबल र स्टाइलिस ब्राण्डको रुपमा स्थापित गर्दैछ । पातलो फोन बनाउने कम्पनीको रुपमा प्रविधिप्रति सचेत ग्राहकहरुबीच यो चिनिन्छ । आउदो ४ वैशाखमा नयाँ मिस नेपाल छान्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?