+
+

कस्तो छ सन्नी लियोनीको ‘लिला’ ?

सन्नी लियोनी अभिनीति ‘ए पहेली लिला’ शुक्रबारदेखि प्रर्दशन भएको छ । यो एउटा भब्य सेटयुक्त धेरै रकम खर्च गरिएको फिल्म हो, जुन फिल्म सन्नी लियोनीमा आधारित छ ।
सन्नी लियोनी पुरै फिल्ममा पुरुष कलाकारद्धारा घेरिएकी छिन् । फिल्मको सेट विशाल छ भने लाईटिङ उत्कृष्ट छ । सन्नीको अन्तरंग दृष्यलाई पनि स्थान दिईएको छ । बेला बेलामा यस्ता दृष्य आउँछन् जान्छन्, अन्तरंग दृष्य निकै कलात्मक ढंगले खिचेका छन् निर्देशकले । पाश्र्वसंगीत निकै प्रभावशाली छ, धेरैलाई मन पर्ने खालको ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २८ गते ९:३५

sunny leela

समिक्षक-मयंक शेखर

चलचित्र : एक पहेली लीला
निर्देशक : बबी खान
कलाकार : सन्नी लियोनी, जय भानुशाली

सन्नी लियोनी अभिनीति ‘ए पहेली लिला’ शुक्रबारदेखि प्रर्दशन भएको छ । यो एउटा भब्य सेटयुक्त धेरै रकम खर्च गरिएको फिल्म हो, जुन फिल्म सन्नी लियोनीमा आधारित छ ।

सन्नी लियोनी पुरै फिल्ममा पुरुष कलाकारद्धारा घेरिएकी छिन् । फिल्मको सेट विशाल छ भने लाईटिङ उत्कृष्ट छ । सन्नीको अन्तरंग दृष्यलाई पनि स्थान दिईएको छ । बेला बेलामा यस्ता दृष्य आउँछन् जान्छन्, अन्तरंग दृष्य निकै कलात्मक ढंगले खिचेका छन् निर्देशकले । पाश्र्वसंगीत निकै प्रभावशाली छ, धेरैलाई मन पर्ने खालको ।

सन्नीलाई मन पराउने दर्शकका लागि अर्को खुसीको खबर । यस फिल्ममा दर्शकले एउटै टिकटमा सन्नीको दुईटा रुप हेर्न पाउने भएका छन् । एउटा शहरीया । अर्को पक्का गाउँले ।

Sunny

पहिलो भूमिकामा सन्नी लण्डनवाट भारत आएकी हुन्छिन् । भारत घुम्न आएकी सन्नीको राजपुत राजकुमारसँग प्रेम हुन्छ । पहिलो सन्नी सुकिली, सेक्सी र बोल्ड छिन् ।

अर्कि सन्नी दुर्गम ठाँउवाट आएकी हुन्छिन् । जो एक सामान्य ब्यक्तिसँग प्रेम गर्छिन । बोल्ड भएपनि पहिली जस्ती सेक्सी लाग्दिनन् ।
फिल्मको विषय प्रेम र पुर्नजन्ममा आधारित छ । फिल्मको मुख्य पात्र (राजपुको भुमिकामा देखिएकाहरु) एक अर्काका बिरुद्ध बदला लिन केन्दि्रत हुन्छन् ।

रियल लाईफमै पनि सन्नी लियोनीको पूनर्जन्मवाट आश्चर्य चकित छु म । पञ्जाबी मुलुकी पूर्व पोर्न स्टारले बलिउड कलाकार बन्नका लागि लामै बाटो समातेकी थिईन् ।

तर, एक बलिउड स्टारको रुपमा उनको प्रतिभा प्रष्फुटनका लागि यस्तै किसिमको भुमिका गर्न जरुरी थियो त ?
-बीबीसी हिन्दीवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?