+
+

भारतीय गायकले गाए रेसम फिलिलि, यस्तो बन्यो रिमिक्स

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २८ गते १०:०२

gauravकाठमाडौ । इन्टरनेटमा भाइरल बनेको नेपाली चलचित्र ‘रेशम फिलिलि’को जालमा… बोलको गीतमा आ-आफ्नै स्टाइलमा भिडियो निर्माण गर्ने र आफ्नै स्टाईलले गाउने क्रम जारी छ ।
स्वदेश एवं विदेशमा बसेका नेपालीले गाए नै, पछिल्लो पटक भारतीय गायक गायिकाले समेत रेशम फिलिलिको रिमिक्स गाएका छन् ।
भारतीय गायक गौरभ दगोन्कार र उपासना क्षेत्रीले रेशम फिलिलि…को रिमिक्स गाएका छन् । यसको भिडियो गायक गौरभले युटुबमार्फत् सार्वजनिक गरेका छन् ।
कालीप्रसाद बास्कोटाको संगीत रहेको रेशम फिलिलि पछिल्लो समय सबै भन्दा धेरै चर्चा पाउने नेपाली गीत हो ।
गीत भाइरल बनेपछि इन्टरनेटमा यसको नक्कल गर्ने र गीतमा थरीथरीका भिडियो निर्माण गर्ने क्रम तिब्र छ । तर, निर्माण पक्षले यो गीतको वास्तविक भिडियो भने अहिलेसम्म सार्वजनिक गरेको छैन् । भिडियो हेर्न हलसम्मै पुग्नुपर्ने भन्दै निर्माण पक्षले भिडियो रिलिज नगर्ने नीति अपनाएको हो । फिल्म बैशाख ११ गतेबाट रिलिज हुने छ ।

हेर्नुहोस् भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?