Comments Add Comment

कोमल वलीले केपी ओलीसँग भनिन्- बागमतिमा डेटिङ जान पाउनुपर्‍यो

काठमाडौ । बागमति सफाई अभियान सुरु भएको एक सय हप्ता पुगेको अवसरमा शनिवार बाग्मतीमा मानव साङलो बनाइयो । मानव साङ्लोमा सहभागी हुन थुप्रै कलाकार बागमति नदी किनारमा भेला भए ।
KP-and-komal-oli
गायिका कोमल वली शनिवार बिहानै ललितपुरस्थित बागमति किनारमा पुगिन् । संयोग एमाले अध्यक्ष केपी ओलीसहितको टोली पनि त्यहि थियो । मौकामा चौका हान्दै कोमलले केपीनेरै पुगेर खासखुस कुरा गरिन् । उनका कुरा सुनेर केपी ओली मुसुक्क हाँसे ।

अनलाइनखबरले कोमललाई सोध्यो- ओली कमरेडसित के खासखुस हो तपाईको ? वलीले भनिन्- मैले त ओली कमरेडलाई गजब प्रस्ताव गरेँ ।’ नदी किरानमा रुख रोपेर नयाँ पुस्ताका केटाकेटीलाई डेटिङ जान सजिलो बनाइदिउँ भन्ने प्रस्ताव कोमलले केपीसँग राखेकी छन् ।

बागमति नदीलाई एउटा प्रतिक मानेर यहि प्रतिकको आधारमा आफ्नो मति पनि सुधार्नुपर्छ भन्ने हाँस्य कलाकार मनोज गजुरेल पनि शनिवार बिहान दलबल सहित तीलगंगा पुगे । दलबल भन्नुको अर्थ सिस्नुपानी नेपालमा आबद्ध धेरै साहित्यकार त्यही पुगेका थिए ।

कार्यक्रममा गजुरेलले यहि रफ्तारमा काम भए सुन्दरीजलदखि टेकु दोभानसम्म मोटरबोट चढन धेरै दिनु कुर्नु नपर्ने बताए । बागमतिमा कलकल पानी बगेको दृष्य र नदी किनारमा हरियो रुख र ठाउँ-ठाउँका चौतारीमा काठमाडौका रैथाने बृद्धले कुराकानी गरेका दृष्य देख्न पाउने बातावरण तय गर्न सरोकारवालासंग अनुरोध गरे ।
tika
रेडियो नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका संगीतकार टिका भण्डारीले देश बनाउन पनि यसैगरि जुटन आग्रह गरे । कलाकार सुशिल पोखरेलले बागमति सफा भए काठमाडौको संस्कार जोगिने कुरा गरे ।

कलाकार संघका अध्यक्ष नवल खड्काले बागमती उपत्यका मात्रै नभएर मुलुककै सभ्यता भएको कुरा गरे ।

त्यस्तै अभिनेता सरोज खनाल पनि वामती सफाइमा सहभागी भए । लामो समयपछि यस्तो काममा सहभागी हुन पाएकोमा खुसी लागेको उनले बताएका छन् । सबै एकजुट भएर काम गरे वागमतीलार्इ पहिलेकै अवस्थामा पुर्याउन सकिने उनको भनाइ छ ।

नायक आयुष रिजालले सामाजिक काममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । अर्की गायिका रमिला भण्डारीले सरसफाईको कार्यक्रममा महत्वपूर्ण मुुद्धा भएको बताईन् ।

saroj-khanal

ayush-11

sushil

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment