+
+

अमेरिकामै पुगेर पशुपतिले भने- ‘मलाई अमेरिका यहीँ’

टेक्सस । मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ बोलको गीतबाट लोकसंगीत प्रेमीको मन जितेका गायक पशुपति शर्मा यतिबेला अमेरिका भ्रमणमा छन् ।

अनौठो संयोग, अमेरिकाभन्दा गाउँमै भैसी पाल्नुमा आनन्द छ भन्ने सन्देश दिन शर्मा यतिबेला अमेरिकाका बिभिन्न शहरमा यही गीत गाएर नेपाली दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १०:२२

विकासराज न्यौपाने

new-year8

टेक्सस । मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ बोलको गीतबाट लोकसंगीत प्रेमीको मन जितेका गायक पशुपति शर्मा यतिबेला अमेरिका भ्रमणमा छन् ।

अनौठो संयोग, अमेरिकाभन्दा गाउँमै भैसी पाल्नुमा आनन्द छ भन्ने सन्देश दिन शर्मा यतिबेला अमेरिकाका बिभिन्न शहरमा यही गीत गाएर नेपाली दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

हालै अमेरिकाको टेक्सासमा भएको कार्यक्रममा पशुपतिले यस्तै गीतमार्फत् स्थानीय नेपालीलाई नचाए ।

news-year-9

नेपालमा सरसफाई दुत नियुक्त भएका हाँस्य कलाकार जोडी धुर्मुस र सुन्तली (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले पनि पशुपतिको साथमा दर्शकलाई हँसाए । टोलीमा रहेका गायक प्रमोद खरेल र गायिका संगीता थापा मगरले पनि गीत संगीतमार्फत् दर्शकलाई मनोरञ्जन दिए ।

कार्यक्रममा नेपालवाट गएका कलाकारलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाली समाज टेक्ससको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष भुवन आचार्यले अतिथीलाई सम्मान प्रदान गरेका थिए ।

नेपाली समाज टेक्ससका महासचिव विजयराज भट्टराईले औपचारिक रुपमा सुरु गरेको उक्त कार्यक्रमको समन्वय बुद्धि रेग्मीले गरेका थिए । समाजका इभेन्ट उपाध्यक्ष यमुना भट्टराईले स्वागत मन्तव्य दिएकी थिईन् ।

news5

new-year

new-year-1

new-year4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?