+
+

करिश्मा र गोपिकृष्णको चुलियो जुहारी, ‘फागु’ जहाँ ‘होमवर्क’ त्यहाँ

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते ११:४६

fagu-and-homework
चलचित्र ‘फागु’को घोषणा कार्यक्रममा गोपिकृष्ण मुभिजसँग सहकार्य गर्ने बताएपनि अन्तिममा साथ छोडेकी थिइन् निर्मात्री तथा नायिका करिश्मा मानन्धरले । करिश्माले साथ छाडेर एक्लै चलचित्र निर्माण गरेपछि उनको गोपिकृष्ण मुभिजसँग युद्ध सुरु भएको थियो । यो युद्ध चलचित्रको प्रदर्शनमा पनि देखिने भएको छ ।

करिश्माले भदौ २५ गतेलाई चलचित्र प्रदर्शनका लागि मिति तोकेकी थिइन् । तर, यो मिति तोकिएको केही दिनमै गोपिकृष्ण मुभिजले पनि आफ्नो नयाँ चलचित्र ‘होमवर्क’को मिति तोेकेको छ । ‘होमवर्क’ पनि अब भदौ २५ गते नै प्रदर्शनमा आउने भएको छ ।

करिश्माको चलचित्रसँग गोपिकृष्ण मुभिजले चलचित्र जुधाएर युद्धलाई कायमै गरेको छ । करिश्माको ‘फागु’मा शिल्पा पोख्रेल मुख्य भूमिकामा छिन् । यता, गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको ‘होमवर्क’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । आर्यन सिग्देललाई दोहोरो चरित्रमा देखाइएकाले पनि यो चलचित्रको चर्चा सुरुवातदेखि नै चुलिएको छ ।

चलचित्र ‘होमवर्क’लाई निर्देशक निरक पौडेलले कुनै संझौता नै नगरी निर्देशन गरेका छन् । यस्तै, चलचित्र ‘फागु’लाई संझना रौनियारले निर्देशन गरेकी हुन् । दुई चलचित्र एकसाथ जुध्नुमा गोपिकृष्णले करिश्मासँग खेल्न चाहेको जुहारी नै हो । गोपिकृष्णको साथ छाड्दा करिश्मालाई घाटा लाग्छ या फाइदा, भोली चलचित्र चलेपछि नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?