Comments Add Comment

सफाई पेस गर्न पाण्डेलाई महासंघले दियो १५ दिनको मौका

pradeep jang Pande३० चैत काठमाडौं । भष्ट्राचारको आरोपमा पक्राउ परेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई महासंघले सफाईको मौका दिने भएको छ । सोमबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले विधान अनुसार पाण्डेलाई १५ दिनभित्र सफाईको मौका दिएको हो ।

‘१५ दिनभित्र पाण्डेको जवाफ आएपछि कार्यसमितिको बैठकबाट छलफल गरी टुंगोमा पुग्ने निर्णय भयो ।’ महासंघका एक पदाधिकारीले अनलाइनखबरसँग भने । उनको जवाफ आएपछि भावी अध्यक्षका लागि महासंघमा अध्यक्षका लागि विधानअनुसार निर्वाचन हुनेछ ।

३० वर्ष अघिको भ्रष्टाचार मुद्दामा पाण्डेलाई चैत ३ गते प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतले पाण्डेको अन्तरिम अदेश खारेज गर्नासाथ प्रहरीले उनलार्इ पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment