मुम्बई । रणबीर कपुरसँगको सम्बन्धलाई गुपचुप राख्दै आएकी अभिनेत्री कट्रिना कैफ कपुर खान्दानको पारिवारिक भोजमा सहभागी भएकी छिन् ।
यो घटना सार्वजनिक भएपछि कपुर खान्दानले कट्रिनालाई बुहारीको रुपमा स्वीकारेको संकेतका रुपमा ब्याख्या हुन थालेको छ ।
रणबीर-कट्रिना सम्बन्धका विषयमा रणबीरका बुबा ऋषि कपुर र आमा नितु कपुर खुसी छैनन् भन्ने भनाई पनि मित्थ्या साबित भएको छ यो घटनापछि ।
पारिवारिक भोजमा कट्रिना सहभागी भएको कुरा मिडियाले थाह नपाओस् भन्नेमा कपुर खान्दान र कटि्रना स्वयं निकै सचेत थिए ।
विभिन्न भारतीय समाचार संस्थाले उल्लेख गरेअनुसार उनीहरुले यो भोजलाई गोप्य राख्नकै लागि पारिवारिक फोटोग्राफरलाई समेत निम्ता दिएनन् । घरायसी क्यामेराले फोटो खिचेको बेला रणबीर र क्याटरिना छेल परेर बसे ।
अंग्रेजी नयाँ वर्षको अवसरमा बेलायतमा रणबीर र कटि्रनाले औंठी साटासाट गरेको कुरो सार्वजनिक भएपनि उनीहरुले आफ्नो सम्बन्धलाई अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया 4