Comments Add Comment

रविनले छाडेपछि आकृतीको प्रेम पीडा(भिडियो)

aakriti-acharya
आकृती आचार्यको स्वरमा समावेश ‘छाड्दिन भन्थेउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । संचारकर्मी विकास लामिछानेले शब्द कोरेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् ।

सार्वजनिक गीतमा गायिका आकृती र रविन अधिकारीले मोडलिङ गरेका छन् । यो भिडियोलाई जिवन रसाइलीले निर्देशन गरेका हुन् । यो गीतमा प्रेम र भावनाका कुरा जोडिएको छ । पैसाका लोभका कारण प्रेमीले छाडेपछि प्रेमिकाले भोगेको पीडालाई भिडियोमा देखाइएको छ ।

यो भिडियोको सम्पूर्ण छायांकन अष्ट्रेलियामा नै गरिएको छ । गायिका आचार्यले अर्को गीत पनि चाडै बजारमा ल्याउने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment