+
+
Shares

पोष्टर सार्वजनिक हुँदा बरुण रिसाए

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते १४:५०

abcd-2
बलिउड नायक बरुण धवन आफूले नचाहँदा नचाहँदै चलचित्र ‘एबीसीडी २’को पोष्टर सार्वजनिक भएपछि एकाएक रिसाएका छन् । उनले आफू र नायिका श्रद्धा कपुरले खुबै मिहिनेत गरेर तयार पारेको पोष्टर एक अनलाइनमा सार्वजनिक भएपछि आक्रोश व्यक्त गरेका हुन् ।

बरुणले ट्विटरमा लेखेका छन्-‘म, श्रद्धा कपुर र चलचित्रसँग जोडिएका अन्य मानिसहरुले यो चलचित्रलाई उत्कृष्ट बनाउन खुबै मिहिनेत गरेका छौ । मलाई दुख लागिरहेको छ कि, यो पोष्टरलाई कसैले सार्वजनिक गरिदिएछ ।’

उनले श्रद्धा कपुर र आफूले खुबै दुख गरेर तयार पारेको पोष्टर सार्वजनिक गर्नेलाई भनेका छन्-‘मलाई त्यो व्यक्तिसँग यती मात्र भन्नु छ कि, हामीलाई घृणा गर्नेहरुले गरी नै रहुन् । तर, हामी अगाडि बढ्नेछौ ।’ यो चलचित्रलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् । चलचित्र जुन १९ बाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?