Comments Add Comment

रेमिटान्सले जीडीपीमा धेरै योगदान गर्ने देशको सूचीमा नेपाल विश्वमै तेस्रो

Remittance Inflow२ बैशाख काठमाडौं । नेपालको अर्थतन्त्र रेमिटान्समा निर्भर हुँदै गएको छ । नेपाल विश्वमै रेमिटान्सले देशको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा बढी योगदान गर्नेहरुको सूचीमा तेस्रो स्थानमा  छ ।

सन् २०१३ मा विश्वभर भएको रेमिटान्स आप्रवाहलाई आधार मानेर विभिन्न देशको जीडीपीमा त्यस देशमा भित्रिने रेमिटान्सको हिस्सा निकाल्दा यस्तो देखिएको हो ।

नेपालको जीडीपीमा रेमिटान्सको योगदान २८.८ प्रतिशत छ । सन् २०१३ मा नेपालको जीडीपीको अाकार १५ खर्ब थियो । सो वर्ष ४ खर्ब बढी रेमिटान्स भित्रिएको थियो ।

ताजकिस्तानको जीडीपीमा रेमिटान्सको योगदान सबैभन्दा धेरै छ । ताजकिस्तानको जीडीपीमा रेमिटान्सको ४८.८ प्रतिशतको योगदान छ । दोस्रोमा किर्किज रिपब्लिक छ । किर्किजको जीडीपीमा रेमिटान्सको ३१.५ प्रतिशत योगदान छ ।

त्यसैगरी, माल्दोवाको जीडीपीमा २४.९ प्रतिशत, टोङ्गाको जीडीपीमा २४.५ प्रतिशत, हैटीको जीडीपीमा २१.१ प्रतिशत, अरमानियाको जीडीपीमा २१.१ प्रतिशत, गाम्बियाको जीडीपीमा २० प्रतिशत, लेथोसोको जीडीपीमा १९.८ प्रतिशत र सामोयाको अर्थतन्त्रमा रेमिटान्सको १९.७ प्रतिशत योगदान छ ।

विश्वमै सबैभन्दा धेरै रेमिटान्स भित्र्याउने देश भारतको जीडीपीमा भने रेमिटान्सको योगदान ३.७ प्रतिशत मात्रै छ । त्यस्तै, सार्क राष्ट्रहरुको जीडीपीमा पनि रेमिटान्सको योगदान नेपालको तुलनामा निकै कम छ ।

श्रीलंकाको जीडीपीमा रेमिटान्सको योगदान ९.६ प्रतिशत, बंगलादेशको जीडीपीमा रेमिटान्सको योगदान ९.२ प्रतिशत, पाकिस्तानको जीडीपीमा रेमिटान्सको योगदान ६.२ प्रतिशत रहेको छ । त्यसैगरी, अफगानस्थानको जीडीपीमा २.६ प्रतिशत, भुटानको जीडीपीमा ०.७ प्रतिशत र मालदिप्सको जीडीपीमा रेमिटान्सको ०.१ प्रतिशत योगदान छ ।

सानो अर्थतन्त्र भएका र विकाशोन्मुख देशको जीडीपीमा रेमिटान्सको योगदान बढी देखिएको हो । देशभित्रै रोजगारीको अवसर नपाएपछि यस्ता देशका नागरिकहरु रोजगारीका लागि विदेशिने गरेका छन ।

Remitance-in-Nepal

नेपालमा ४ खर्ब २८ अर्ब रेमिटान्स

आर्थिक वर्ष २०७०/०७१ मा विभिन्न मुलुकबाट नेपालमा ४ खर्ब २८ अर्ब २० करोड रुपैयाँ रेमिटान्स प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा मलेसियाबाट सबैभन्दा बढी अर्थात १ खर्ब ९ अर्ब ९२ करोड ७२ लाख रुपैयाँ रेमिटान्स भित्रिएको छ । यो देशभित्र भित्रिएको कूल रेमिटान्सको २५ प्रतिशत हो ।

त्यस्तै, दोस्रो बढी रेमिटान्स भित्र्याउने मुलुकको सूचीमा साउदी अरब छ । साउदीमा रहेका नेपाली कामदारले गत वर्ष ८५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ नेपाल पठाएका छन । तेस्रो स्थानमा कतार छ । कतारबाट गत वर्ष ७२ अर्ब २ करोड रुपैयाँ रेमिटान्स आएको छ ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्स ९दुबई० बाट ५३ अर्ब ५५ करोड २ लाख र अमेरिकाबाट ४५ अर्ब २९ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

जापानबाट १६ अर्ब ३४ करोड १२ लाख, बहराइनबाट १० अर्ब ८० करोड ५९ लाख, कुवेतबाट ७ अर्ब २४ करोड ६० लाख, बेलायतबाट ५ अर्ब ८० करोड ८४ लाख, क्यानडाबाट १ अर्ब ६७ करोड २४ लाख, कोरियाबाट १ अर्ब ४६ करोड ३१ लाख, अष्ट्रेलियाबाट ९८ करोड ५० लाख, लेवनानबाट ७४ करोड ७१ लाख, इजरायलबाट ५० करोड ४७ लाख र अन्य मुलुकबाट १६ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

नेपाल भित्रिएको कूल रेमिटान्समध्ये रेमिट्यान्स कम्पनीहरुबाट २ खर्ब ६५ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ र वाणिज्य बैंकहरुबाट १ खर्ब ६२ अर्ब ८७ करोड २७ लाख रुपैयाँ भित्रिएको छ ।

त्यसैगरी, मनि चेञ्जर कम्पनीबाट ११ अर्ब ६४ करोड, ट्रेकिङ एजेन्सीबाट ७ अर्ब ५ करोड, होटलमार्फत ३ अर्ब ६४ करोड ७७ लाख, ट्राभल एजेनसीमार्फत १ अर्ब ८१ करोड ४४ लाख र अन्यबाट ३ अर्ब २१ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि १ सय १० मुलुक खुला गरेको छ । जसमध्ये मलेसिया, कतार, साउदी अरव, युईए र कुवेतलगायतका मुलुकमा अधिंकास कामदारहरु तल्लो तहको काममा जाने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment