Comments Add Comment

डर्टमन्ड छाड्ने प्रशिक्षक क्लोपको घोषणा

Jurgen-Klopp

२ वैशाख, काठमाडौं । जर्मनको फुटबल क्लब बोरुसिया डर्टमन्डका मुख्य प्रशिक्षक जर्गेन क्लोपले यसै सिजनको अन्त्यसँग क्लब छाड्ने भएका छन् ।

४७ बर्षीय प्रशिक्षक क्लोप र क्लबको सम्झौता सन् २०१८ सम्मको थियो । क्लोप आफैले क्लबसँग आफूलाई रिलिज गर्न प्रस्ताव गरेका थिए ।

बुधबार क्लब छाड्ने घोषणा गर्दा भावुक बनेका क्लोपले विश्राम लिने कुनै योजना नरहेको बताए । उनले भने-‘म थकित भएको छैन र अन्य कुनै क्ल्बबाट प्रस्ताव आएको पनि छैन् ।’

यद्यपि उनी इंग्लिस प्रिमियर लिग जाने सम्भावना बढी छ । उनको रोजाइ म्यानचेष्टर सिटी वा आर्सनल हुनसक्ने इंग्लिस सञ्चार माध्यमहरुले जनाएका छन् ।

सन् २००८ मा क्लोपले डर्टमण्डको टीम सम्हालेका थिए । त्यसपछि उनले २ लिग टाइटल जिताएका छन् भने सन् २०१२-१३ को सिजनमा च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए ।

उनी जर्मन कोच भएर जर्मनकै घरेलु लिग जित्ने पहिलो प्रशिक्षक समेत हुन् ।

तर, यो सिजन डर्टमन्ड निकै संकटमा छ । एक समय रेलिगेशन जोनमा रहेको डर्टमण्ड अहिले १० औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment