२ वैशाख, काठमाडौं । बजाजले नयाँ वर्षमा ल्याएको ‘नोटको बोट’ योजना अन्तर्गत जगत बोगटीले पल्सर बाइक खरिद गर्दा एक लाख रुपैयाँ हात पारेका छन् ।
नुवाकोट निवासी बोगटीले टेकु शो-रुमबाट बाइक खरिद गरेपछि स्क्रयाच कुपनबाट एक लाख जित्न सफल भएका हुन् ।
योजना अवधिभर कम्पनीले बजाज बाइक खरिद गर्ने हरेक ग्राहकलाई एउटा स्क्र्याच कुपन दिन्छ । ११ वटा स्क्र्याच गर्ने ठाउँहरु भएको कुपनमा पहिलो १० पटक स्क्र्याच गरेको अंकहरु जोडेर ११औं पटक स्क्र्याच गर्दा आएको अंकले गुणा गरी सोही बराबर नगद पुरस्कार दिइन्छ ।
स्क्र्याच कुपनबाट ग्राहकले एक लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्ने कम्पनीले बताएको छ । योजनामा सहभागी हुनका लागि बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4