काठमाण्डौ । कति वर्ष पूरा भएर कति लागिन् ? मुख खोल्दिनन् कोमल वलि । तर, उनले बुधवार जन्मदिन मनाएकी छिन् ।
जन्मदिनको अवसरमा उनकी आमाले छोरीको यो वर्ष अझ राम्रो होस् भन्दै अष्टचीरञ्जीबीको पूजा गरेकी थिईन् । ‘आमाले पूजा गर्दिनु भयो । मैले त केही गरिन ।’ उनले भनिन् ।
बुधवारै काठमाडौको बुढानीलकण्ठ र टोखामा कार्यक्रम परेकाले कोमल दिनभरि उतै ब्यस्त थिईन् । ‘मलाई जन्मदिनको उमंगले त्यति सार्होे छुँदैन । खासमा यो जन्मदिन मैले मनाएको हैन परिवारका सदस्यले मनाईदिनु भएको हो ।’ कोमलले भनिन् ।
तपाई ठ्याक्कै कति बर्ष लाग्नुभयो ? हाम्रो प्रश्नमा वलीले भनिन्- त्यो त भन्न मिल्दैन, अहिलेसम्म भनेकै छैन् ।’
पहिलो पटक कक्षा ६ मा पढ्दा जन्मदिन मनाएकी थिईन् । पहिलो जन्मदिन सम्झिँदै कोमल भन्छिन ‘आमाले टिका लगाएर पैसा दिनु भएको थियो, म पैसा पाएर निकै खुसी भएकी थिँए ।’
नयाँ वर्षमा सांगीतिक कार्यक्रममै ब्यस्त रहने कार्ययोजना छ उनको । उमेर बढ्दै जाँदा उनले आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिन थालेकी छिन् । उनी हरेक दिन बिहान साढे ५ बजे उठेर मर्निङ वाक गर्छिन् । कुपण्डोलदेखि जाउलाखेलसम्म एक चक्कर लाउँदा दाईको साथ भने छोड्दिनन् ।
खाने कुरामा उनलाई नमिठो केही लाग्दैन । तर, मकैको रोटी, लसुनको अचार असाध्यै मन पर्छ । मुसुरोको दालमा पोलेको खुर्सानी भएन भने उनी भागै बस्दिनन् भन्दा पनि हुन्छ ।
प्रतिक्रिया 4