Comments Add Comment

अमेरिकाको ‘ग्लोबल मुभी फेस्टिभलमा’ २ नेपाली चलचित्र

golden-mahosab
दुई नेपाली चलचित्रले अमेरिकाको ‘सानफ्रान्सिस्को ग्लोबल मुभी फेस्टा’मा सहभागीता जनाउने भएका छन् । यो महोत्सवमा पहिलो पटक नेपाली चलचित्रले सहभागीता जनाउन लागेका हुन् ।

२१ बर्षदेखि महोत्सव गर्दै आइरहेको फेडरेसन अफ इन्डो अमेरिकनले पहिलो पटक नेपाली कलाकारलाई सहभागीता गराउन लागेको जनाएको छ । यो महोत्सव आगामी अगस्ट ७ देखि १६ सम्म चल्ने बताइएको छ । महोत्सवमा विश्वका विभिन्न ३० भन्दा बढी देशका छोटा, फिचर, वृत्तचित्र र चलचित्र सहभगी हुनेछन् । नेपालबाट चलचित्र ‘चकलेट र टाटा बाइबाइ’ले सहभागीता जनाउन लागेका हुन् ।

आयोजकले गोरखा इन्टरनेसनल ग्रुप एलएलसी अमेरिका अध्यक्ष प्रकाश थापालाई फेस्टिबलको ग्लोबल निर्देशकको रुपमा मनोनित पनि गरेको छ । महोत्सवमा कलाकारद्धय सुनिल थापा र पूजना प्रधान सहभागी हुने पक्का भैसकेको छ ।

दुई दशक भन्दा लामो महोत्सवमा यसपटक नेपालले सहभागीता मात्र जनाउन लागेको र पछि निरन्तरता पाउने प्रकाश थापाले जानकारी दिएका छन् । १५ देशका जुरीहरुले मुल्यांकन गरेपछि उत्कृष्ट चलचित्रलाई पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment