निर्देशक प्रसन्न पौडेलले गायक समिर आचार्यको एक गीतको भिडियोमा केही रोचक प्रयोग गरेका छन् । विशेषगरि, उनले भिडियोलाई फिल्मी शैलीमा ढालेर संवादसहित तयार पारेका छन् । यसैले पनि भिडियो हेर्दा रोचक देखिएको छ ।
‘हैन भन्देउ न’ बोलको गीतमा गायक समिर आचार्यको साथमा निक्की कार्कीले आवाज दिएकी छिन् । आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषले संगीत भरेका छन् ।
भिडियोमा विमलेस अधिकारी, विम्व अधिकारी, शुरभी जैन, श्रीया कार्कीले मोडलिङ गरेका छन् । भिडियोको छायांकन नेपाल र अष्ट्रेलियामा गरिएको छ ।
विदुर पाण्डेले भिडियो खिचेका हुन् । गायक आचार्य अष्ट्रेलियामा बस्दै आएका छन् भने निक्की अमेरिकामा स्थायी रुपमा बसोबास गर्छिन् । गायक आचार्यले यसअघि सार्वजनिक गरेको एक गीतको भिडियोले पनि चर्चा पाएको थियो ।
अष्ट्रेलियामा बसेपनि आफूलाई नेपाली गीतसंगीतको माया धेरै लाग्ने भएकाले समय समयमा एल्बम बजारमा ल्याउने गरेको समिरले बताए ।
प्रतिक्रिया 4