पूर्वकै चर्चित सौन्दर्य प्रतियोगीता ‘मिस पूर्वाञ्चल २०१५’को उपाधी प्रियंका श्रेष्ठले जितेकी छिन् । चार्टर एकाउन्टेन्सी अध्ययन गरिरहेकी प्रियंकाले ‘मिस पब्लिक च्वाइस’ विधामा पनि अवार्ड जितिन् । उनले यमाहाको स्कुटी र हङकङ यात्राको अवसर पनि पाएकी छिन् ।
साथै उनी होटल एसोसिएसन अफ भेडेटारको सद्भावना दुत, आसर सुधार केन्द्र र बुढासुब्बा गोल्डकपको सद्भावना दुत पनि बन्ने अवसर पाएकी छिन् । यस्तै, धरानकी अनु राइले ‘मिस ट्यालेन्ट’का विधामा अवार्डसहित ‘फस्ट रनरअप’को ताज जितिन् । उनले नगद ४० हजार नगद र बैंकक टुरको अवसर पनि पाएकी छिन् ।
‘सेकेन्ड रनरअप’को उपाधी जितेकी प्रमिसा बज्रचार्यले ३० हजार नगद र पोखरा भ्रमणको अवसर पाएकी छिन् । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा लेटाङ मोरङकी साईरा मगर ‘मिस चार्मिङ’, चन्द्रगढि झापाकी सञ्जु मल्ल ठकुरी ‘मिस पर्सनालिटी’, इटहरीकी मिसाल श्रेष्ठ ‘मिस प|mेन्डशीप’, केराबारी मोरङकी सामुना लिम्बु ‘मिस फोटोजेनिक’ र धरानकी शरुपा थापा मगर ‘मिस वेष्ट वाक’ घोषित भए । सवै सव-टाईटल विजेताले नगद १० हजार र गिफ्ट ह्याम्पर पाएका छन् ।
बुधबार साँझ धरान सभागृहमा भएको प्रतियोगीतामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.विक्रम श्रेष्ठ, सिजी ब्रुअरीका सिनियर जनरल मेनेजर प्रदीप पुडासैनी, डा. राजेन्द्र शर्मा, युरेका स्कुलका पि्रन्सिपल राजेन्द्र गुरुङ, पिएलओ लुब्रिकेन्टस्का प्रमुख कार्यकारी अधिकृत भोलेश्वर दुलाल, फोटोग्राफर राजिव श्रेष्ठ, मिस पूर्वाञ्चल २०११ प्रतिभा श्रेष्ठ, नायिका माला लिम्बु, एसएसपी ज्ञानविक्रम शाह र राजविमल श्रेष्ठ निर्णायक रहेका थिए । प्रतियोगीतामा १४ प्रतिष्पर्धी सहभागी थिए ।
प्रतिक्रिया 4