Comments Add Comment

सूर्यबहादुर थापाप्रति प्रधानमन्त्रीबाट श्रद्धाञ्जली अर्पण

Surya bdr thapa antim bedai

४ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक सूर्यबहादुर थापाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले नेपालको राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।सभामुख सुवास नेम्वाङ, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा नेपालका अध्यक्ष कमल थापा, प्रधानसेनापति गौरव शमसेर जबरा लगायत पनि रंगशाला पुगेर थापाप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् ।

बिभिन्न दलका नेता, कार्यकर्ता, शुभेच्छुक र सर्बसाधारणहरु थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न दशरथ रंगशालामा पुगेका छन् । सिमसिमे पानीको पर्वाह नगरी उनीहरु श्रद्धाञ्जली दिन लामबद्ध भएका छन् । दशरथ रंगशालाबाट शवयात्रासहित शुक्रबारै पशुपति आर्यघाट पुर्‍याएर अन्तिम संस्कार गरिने छ ।

यसअघि थापाको पार्थिव शरिरलाई मालीगाउँस्थित निवासबाट राप्रपाको पार्टी कार्यालय चाबहिलमा श्रद्धाञ्जलीका लागि लगिएको थियो । त्यहाँ पार्टी अध्यक्ष पशुपति समशेर राणाले थापाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । थापालाई श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता र आफन्तहरु राप्रपाको पार्टी कार्यालय पुगेका थिए । उनीहरु भावविह्वल मुद्रामा थिए ।

भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा ८८ वर्षको उमेरमा थापाको बुधबार राति निधन भएको थियो ।

Surya-Bdr-Thapa-Antim Bidai  (4)

अध्यक्ष पशुपति समशेर राणाले थापाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । थापालाई श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता र आफन्तहरु राप्रपाको पार्टी कार्यालय पुगेका थिए । उनीहरु भावविह्वल मुद्रामा थिए ।

भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा ८८ वर्षको उमेरमा थापाको बुधबार राति निधन भएको थियो ।

Surya-Bdr-Thapa-Antim Bidai  (1)

Surya-Bdr-Thapa-Antim Bidai  (3)

Surya-Bdr-Thapa-Antim Bidai  (5)

Surya-Bdr-Thapa-Antim Bidai  (6)

Surya-Bdr-Thapa-Antim Bidai  (9)

Surya-Bdr-Thapa-Antim Bidai  (10)

Surya-Bdr-Thapa-Antim Bidai  (13)

Surya-Bdr-Thapa-Antim Bidai  (14)

Surya-Bdr-Thapa-Antim Bidai  (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment