+
+

समुन्द्री किनारमा यसरी रमाए शाहरुखका बाबु-छोरा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ६ गते ९:५२

मुम्बई । कलाकारले घर परिवारका सदस्यलाई समय नदिएको गुनासो वारम्बार आउने गरेको छ । यतिसम्म कि घर परिवारलाई समय नदिएकै कारण कतिपय कलाकारको पारिवारिक जीवन भताभुंग भएको समाचार समेत सार्वजनिक हुन्छन् । 

srk_abram_घर सम्हाल्ने मामिलामा बलिउड स्टार शाहरुख खान अब्बल ठहरिएका छन् । केही महिनाअघि कान्छो छोरा अबरामलाई काखमा लिंदै गरेको तस्बिर ट्वीटरमा पोष्ट गरेका शाहरुखको छोरासँग खेल्दै गरेको अर्को तस्बिर पनि सार्वजनिक भएको छ ।

जहाँ शाहरुख र उनका छोरा अबराम मस्तले बालुवामा खेलिरहेका छन् । निर्माता/कलाकार सचिन जोशीले गोवामा सुरु गरेको नयाँ रिसोर्ट ‘हलिउड प्लानेट’ को शुभारम्भको अवसरमा पुगेका शाहरुखका बाबुछोरा समुन्द्र किनारको बालुवामा रमाएका थिए ।

शाहरुख श्रीमती गौरी र छोरालाई लिएर उनी गोवा पुगेका थिए । उक्त पार्टीमा रितेश-जेनेलिया, वरुण धवन, कृति सेनन्, सोहेल खान, डिनो मारिया लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?