Comments Add Comment

जाजरकोट स्वाइनफ्लू पिडीतलाई इन्सेन्टिभ ग्रुपको राहत

jajarkot-swine-flue_incentive-Final2
बाँकेका प्रमुख जिल्ला अधिकारीलार्इ सहयोग रकम हस्तान्तरण गर्दै लायन्स क्लवका प्रतिनिधि

८ चैत, काठमाडौं । जाजरकोट जिल्लाका बिकट बस्तीहरुमा फैलिएको स्वाइनफ्लूको चपेटामा परेका स्थानीय बासिन्दालाई पर्यटन क्षेत्रको अग्रणी व्यवसायिक संस्था ‘इन्सेन्टिभ ग्रुप अफ कम्पनीज’ (आईजीसी)ले राहत प्रदान गरेको छ ।

नेपालका लागि एयर एशियाको आधिकारिक बिक्रि प्रतिनिधि रहेको इन्सेन्टिभ ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्वाइनफ्लुबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ राहत रकम प्रदान गरेको छ । यसैगरी उपचारको पर्खाइमा रहेका पिडीत बिरामीहरुलाई औषधीका लागि समेत आईजीसीले आर्थिक सहयोग गरेको छ ।

अहिलेसम्म जाजरकोटमा स्वाइन फ्लुका कारण २४ जनाले ज्यान गुमाइसकेका छन् ।

incentive-air-asiaलायन्स क्लव अफ काठमान्डू इन्टलिजेन्सको सहकार्यमा इन्सेन्टिभले सो रकम जाजरकोटका पिडीतसमक्ष पुर्‍याएको हो । रकम जाजरकोटका प्रमुख जिल्ला अधिकारीको खातामा जम्मा हुने र प्रमुख जिल्ला अधिकारीले मतृक परिवारलाई हस्तान्तरण गरिदिने लाइन्स क्लव अफ काठमान्डू इन्टलिजेन्सका अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

‘जाजरकोटका दुर्गम बस्तीका नेपाली दाजुभाईहरु पीडामा पर्दा हामीलाई पनि दुख्यो, त्यसैले हामीले सानै रकम भएपनि राहतस्वरुप प्रदान गर्न कोसिस गरेका हौं’ इन्सेन्टिभ ग्रुपका कार्यकारी अध्यक्ष हरिमान लामाले भने ।

राहत रकमको चेक र औषधी लाइन्स क्लव अफ काठमाण्डु इन्टलिजेन्सले मंगलबार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकलाई हस्तान्तरण गरेको छ । प्रजिअ लेखेकले रकम सिधै जाजरकोटका प्रमुख जिल्ला अधिकारीको खातामा जम्मा हुने र औषधी स्वास्थ्यकर्मीसँगै पठाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment