Comments Add Comment

कट्रिना पहिलो पटक क्यान्समा सहभागी हुँदै

कट्रिना
कट्रिना

मुम्बई । पछिल्लो समय कपुर खान्दानसँग नजिकिएपछि थप चर्चामा आएकी अभिनेत्री कट्रिना कैफ पहिलो पटक अन्तराष्ट्रिय फिल्म महोत्सब क्यान्स फिल्म फेष्टिवलमा सहभागी हुने भएकी छिन् ।

हालै एक कष्मेटिकको ब्राण्ड एम्बेस्डर भएकी कट्रिना यसपालि ‘लोरियल पेरिस’ को ब्राण्ड एम्बेसडरको रुपमा कार्यक्रममा सहभागी हुने भएकी छिन् । १३ देखि २४ मे सम्म हुने कार्यक्रममा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र सोनम कपुर विषेश अतिथिको रुपमा सहभागी हुँदैछन् ।

पेरिसमा बनेको सामग्री लोरियलको ब्राण्ड एम्बेस्डर र बलिउड हिरोईनको रुपमा कार्यक्रममा प्रस्तुत हुन पाउँदा रमाईलो लागेको कटि्रना बताउँछिन् । क्यान्स फिल्म फेष्टिवललाई आम फिल्मकर्मीले ओस्कार अवार्डपछिको दोस्रो ठूलो महोत्सवका रुपमा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment